तीन गेडीहरु

आँसु झर्छ यादमा, दुख्छ छाती साँझमा,
म त सस्तो भएछु, पापी बस्ति माझमा ।
गल्दैछु,
हिजो सम्झि, आज जल्दैछु । १।


खुशी चोर्छु जूनको, भन्थ्यो मेरो रहर,
कस्को पर् यो नजर, आश बन्यो जहर ।
टक्कर,
अभागी छ, मेरो खप्पर ।२।

दोष दिनु कस्लाई, भाग्य खोटो थियो रे,
नियतीले छल्दामा, उस्ले धोका दियो रे ।
जान्दैछु,
निर्मोहीकै, कुरा मान्दैछु ।३।

0 comments

Post a Comment