गजल

व्यस्त देख्छु यो दुनियाँ, दामकै पछि भागे सारा,
तेरो मेरो भो अचाक्लि, नामकै पछि भागे सारा ।

रित्तै जान्छ त्यो शरीर, साथमा लाग्ने केहि छैन,
व्यर्थै लुट्न क्या हतारो, मामकै पछि भागे सारा ।

कस्को कुरा थ्यो असल, फुर्सद हुन्न सोच्न यहाँ,
आउ भन्दा जो कोहिले, लामकै पछि भागे सारा ।

कस्तो मुर्ख यो समाज, जीउछु भन्छ पाप बोकि,
पापी बन्ने त्यो होडमा, कामकै पछि भागे सारा ।

व्यस्त देख्छु यो दुनियाँ, दामकै पछि भागे सारा,
तेरो मेरो भो अचाक्लि, नामकै पछि भागे सारा ॥

रचनाकाल : २४ माघ २०६७
दोहा, कतार ।



0 comments

Post a Comment