हरियाली छायो

उजाड यो जिन्दगीमा, हरियाली छायो ।
रितै यस्तो दुनियाँको, जल्छ अरु हाँस्दा,
जल्दै गरुन जल्नेहरु, हाम्ले नाता गाँस्दा ।
बेसहारा मनले आज, न्यानो साथ पायो,
उजाड यो जिन्दगीमा, हरियाली छायो ।
जोडिएको मुटू अब, हाम्ले तोड्नु हुन्न,
शंकापाली मनभित्र, बाटो मोड्नु हुन्न ।
कोईलीले पनि आज, हाम्रै गीत गायो,
उजाड यो जिन्दगीमा, हरियाली छायो ॥
रचनाकाल : ०२ पौष २०६७
दोहा, कतार ।
0 comments