तीन गेडीहरु

होसै छैन पिउँदा, किन आयौ रातमा,
लुटिएला त्यो बैश, जवानीको मातमा ।
रातैमा,
भर हुन्न, मर्द जातैमा ।१।

ढलेकोछु पीडामा, कालो रात आउदा,
गलेकोछु आफैमा, खुशी खोज्न धाउदा ।
छाँयामा,
झेल भयो, मेरै मायाँमा ।२।
 
कस्ले राख्ने शीरैमा, फूले म त हिलैमा,
खस्नु पर्ला भीरैमा, चोट लाग्यो दिलैमा ।
सोच्दैछु,
माथि जाने, बाटो खोज्दैछु ।३।

0 comments

Post a Comment