गजल

हुरी चल्दा नछुटिने, लाम दिउँ आज,
मुटूलाई मायाँ गर्ने, काम दिउँ आज ।

नयनले तिर हान्यो, हामी भेट हुँदा,
जूनी भरि नमेटिने, नाम दिउँ आज ।

जोडिएको मुटू अब, टुक्रा पार्नु हुन्न,
हाम्रो मुटू अटाउने, खाम दिउँ आज ।

मन्दिरमा धाई धाई, किन गर्नु बाचा,
प्रणयको आफै भित्र, धाम दिउँ आज ॥














-सम्पुर्ण प्रेमिल मनहरुमा समर्पित ।
-घायल जीको तरही मुसायरा -८ सँग सम्बन्धित ।

0 comments

Post a Comment