तीन गेडीहरु
१)
हातेमालो गरेर, यहाँ केही भरौ है,
स्वार्थबाट सरेर, लोक हित गरौ है ।
बेलैमा,
पस्नु हुन्न, स्वार्थी खेलैमा ।
२)
मन राख्नु बशैमा, बस्नु हुन्न आशैमा,
जीत हुन्छ हातैमा, खुशीबस्छ पासैमा ।
सार्नु है,
मन भड्के, आजै बार्नु है ।
३)
मरि जाने चोलामा, जालझेल नगर्नु,
मर्दा लाने के छ र, स्वार्थ बोकि नचर्नु ।
नसाँच,
अरुलाई, लुटि नबाँच ।
February 5, 2011 at 9:03 PM
The blog is very good!
congratulations!
http://nelsonsouzza.blogspot.com
February 6, 2011 at 9:39 PM
dammi 6