गजल

सत्य युगको हरिशचन्द्र, जस्तै दानी थिईन्,
टोल समाजले मायाँगर्ने, दिल्की रानी थिईन् ।

बुढापाका कथनगर्थे है, सन्तान होस् यस्तो,
सबै नजर नविजाउने, प्यारी नानी थिईन् ।

रुप रंगको बेजोड संगम्, हेर्दा परी लाग्थ्यो,
बत्तीसै लक्षणपूर्ण भा'कि, गुन्की खानी थिईन् ।

कर्के नजरको अंकुसेमा, म पनि त अल्झे,
उनी कोही नभएर मेरै, साली सानी थिईन् ।

हिक्मतगरी भने मैले नि, डाँडा काटौ हिड,
प्यासी नजरपर्दा लाजले, पानी पानी थिईन् ॥

रचनाकाल : ०५ सेप्टेम्बर २०१०
दोहा कतार ।


0 comments

Post a Comment