दिपिका र राजधानी

डाक्टर साब ! मलाई बचाउनुहोस् म अझै जीउन चाहान्छु हरपल यहि भन्थिन् उनी । बिरामीको कुरा भूँईमा खस्न नपाउदै डाक्टर भन्ने गर्थे ! तपाई विल्कुल चिन्ता नलिनुस तपाई अब छिट्टै निको हुनु हुनेछ । डाक्टरको मनमा आफ्नो बिरामी मरोस भन्ने त कहाँ हुन्छ र ? मेडिकल विज्ञानले देखाएको बाटो हुँदै सके सम्म बचाउने प्रयासमै देखिन्छन् अस्पतालका कर्मचारीहरु । मान्छे एकदिन मर्नुपर्छ यो हामी सबैलाई थाहा छ तर हामी हर कोही मृत्यु देखि डराउँछौ । मैले ती युवतीको आँखामा मृत्युको डर नजिकबाट देखे ! मलाई उस्को बारेमा जान्ने कौतुहलता जागेर आयो तर कसरी कुराको शुरुवात गर्ने मेलो मेसो नपाउँदा म अलमलमा परेको थिए ।
माघ महिना भएकोले काठमाडौमा अतिनै जाडो थियो । त्यस अस्पतालमा कुरुवा बसेको तीनदिन बिति सकेकोले त्यस वार्डमा रहेका बिरामी र बिरामी कुरुवाहरु सबैसँग परिचत बनि सकेको थिए म । त्यहाँ रहेका बिरामी मध्ये कम उमेरका बिरामी उनी थिईन् यो मेरो आँखाले राम्रोसँग ठम्याँई सकेको थियो । मृत्युको नमीठो डरपनि मैले त्यहि आँखामा मात्र देखेका थिए । प्राय अरु बिरामी आ-आफ्नै दुनियाँमा मस्त देख्थे ! यति सम्म कि हामी अस्पतालमा छौ हामी निको हुनेछौ भन्ने आत्मविश्वास सबैको आँखामा नाचेको पाउँथे । डाक्टर, नर्सहरु वार्डमा प्रबेश गर्दा उनी बाहेक अरु कोही बोल्दैन थे । उनीहरुले सोधेका प्रश्नको जवाफ दिएर चुप हुन्थे । आफ्ना कुरुवाहरु सँग हल्का फुल्का कुरा गर्थे बाँकि समय मौन ब्रतमै लीन भएको पाउथे । ती युवतीका भने कोहि कुरुवा देखिन मैले ! कुरुवाको जरुरत थिएनपनि उनी आफै यता उता गर्न सक्ने अबस्थामा थिईन् । यहि कुराले म झन थप हैरान थिए ! आफै उठबस गर्न सक्ने बाहिर कतै चोटहरु छैन तरपनि उनी किन यति सारो मृत्युसँग डराउँदै छिन् त मेरो नजरमा त उस्ले अस्पताल बस्नु पर्ने जरुरत थियो जस्तो लाग्दैन थियो । फरक फरक अनुहारका मान्छेहरु फरक फरक समयमा आउथे उनीलाई हौसला दिएर जान्थे । मैले त्यो भीडमाझ उस्का आफन्त खोजी रहे तर तीनदिन बिति सक्दापनि उस्को आफन्त यहि हो भनेर मन बुझाउने कुनै अनुहार भेटिन । सायद त्यसैले होला म उस्को बारेमा जान्न उत्सुक भए ।
म त्यस अस्पतालमा बसेको चारदिन हुँदै थियो । डाक्टर, नर्सले बिरामीको अवस्था बुझेर बाहिरी सकेका थिए । बिरामीलाई कुरुवाहरुले डाक्टरले अनुमति दिएको खाना खुवाई सकेका थिए । प्राय सबै कुरुवाहरु आ-आफ्नो पेट पुजाका खातिर क्यान्टिनतिर डेरा जमाउन पुगि सकेका थिए । बिरामीहरु सबै आ-आफ्नो बेडमा आराम गर्दै थिए । मलाई उस्को बारेमा जान्ने रहरले सताएको हुनाले उस्को बेड नजिक रहेको कुर्चीमा बस्न पुगे ! मैले अलिकति पनि ढिला नगरी मेरो मनमा लागेको कुरा धमाधम उनीसामु राखे । उनीले केही नलुकाई सबै आत्माबृतान्त सुनाईन् म सुन्दै गए ।
काठमाडौ बाहिर पहाडी गाँउको एक खान्दानी परिवारका एक्ली छोरी रहिछिन् दिपिका । केही बर्ष पहिले उच्च शिक्षाका लागि दिपिका गाँउबाट काठमाडौ छिरेकी रहिछिन् ! मनभरि उच्च शिक्षा हाँसिल गर्ने सपना र जोश बोकेर । नयाँ ठाँउ नयाँ परिवेशमा परेको त्यो पाईला समय अनुसार चल्न नसक्नु अनि आफ्नो कर्तव्यलाई पाखा लगाई "काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर" लाग्ने हुँदाको परिणाम रहेछ दिपिकाको त्यो अवस्था । गहभरि आँसु टिलपिल पार्दै दिपिका आफ्नो अतित खोतल्दै अगाडि बढिन् । राजधानीमा छिरेपछि मेरो मन भाँडियो, मैले भूले म किन यहाँ आएको भन्ने कुरा । कलेजमा त्यस्तै बाटो बिराएकाहरु सँग मेरो संगत भयो । म नेपाली हुँ भन्ने भूलेर आफूलाई आधुनिक बनाउदै गए । मलाई पैसाको कुनै कमि थिएन जति भन्यो त्यति पठाई दिनु हुन्थ्यो । उहाँहरुको नजरमा म सधै असल थिए ! विश्वास थियो पुरा ममाथि । म त्यो बेला खुशी थिए पापा, ममिको आँखामा धुलो हाल्न सफल भएकोमा । म कति गलत थिए त्यो बेला हगि ? मैले उहाँहरुलाई पर्दामा राखेको होईन रहेछ ! बरु आफैलाई पर्दामा राखेछु बल्ल आज बुझ्दैछु । म बाध्यताले होईन खराव संगत र मेरो खराव मतिले गर्दा धरती माथिको बोझ बन्नपुगे । साथीहरुको लहै लहैमा लागेर गलत बाटोमा पाईला राख्नु भूल भयो । कलेज समय पछि हामी कहाँ कहाँ पुग्थ्यो राती अबेर डेरामा फर्किन्थ्यौ । यहाँ कस्लाई फुर्सद छ र ? तिमी कहाँ गएर यति अबेर डेरामा आयौ भनेर सोधी खोजि गर्ने । यो गाँउ होईन एकले अर्कोलाई खर्बदारी गर्ने अरुले जेसुकै गरोस कसैले मतलब राख्दैन । बन्धन मुक्त पंन्छी भएर हामी धेरै बेगिएछौ, बेगिने क्रममा हामीले के गलत, के सहि भन्ने सोच्दै सोचेनौ । बेगिदै जाने क्रममा हामीले डान्स बारतिर आफुलाई डुलाएयौ । आज अलिकति, भोलि अलिकति गर्दा गर्दै धेरै पिउने लत बसेछ ! नशाको सुरमा गर्न नहुने धेरै काम भयो हामीबाट । के के काम भयो त्यो चाहि दिपिकाले खुलेर बताउन चाहिनन् मैलेपनि त्यो बारेमा सोधी खोजि गर्न उचित ठानिन ।
दिपिकाले कुरा मोड्दै भन्न थालिन् ! म अझै जीउन चाहान्छु । मैले जस्तै बाटो बिराउनेहरुलाई खर्बदारी गर्न । हो ! यदि मैले यसो गर्न पाए भने म जन्मेको सार्थक हुनेछ । मान्छेले जानि जानि आगोमा हाम फाल्दैन यदि त्यहाँ आगो छ भन्ने उस्लाई थाहा हुँदो हो भने । सायद मैलेपनि हिजोका दिनमा कोहि त्यस्तो गलतलाई गलत भन्ने भेटेको भए आज म यो मोडमा आईपुग्ने थिईन होला । मेरो त छोडौ तर अब फेरि अरु म फसेको खाडलमा नफसुन भन्ने सोच बनाएर त्यस्कै लागि काम गर्नु पर्छ भन्ने मलाई लागेकोछ । मेरो उदाहण देखाएर यो फगत आधुनिकताको जालोभित्र जेलिएर आधुनिक बन्ने होडमा कुलततिर हाम फाल्न लागेकाहरुलाई उदेश दिदै सत्मार्गमा लाग्न अभिप्रेरित गर्नेछु । हो ! भाई, म बाँचे भने असल समाज निर्माणका लागि मेरो बाँकि जीवन खर्चनेछु तर खै ? कति दिन बाँच्छु थाहा छैन । अन्तमा दिपिका दिदीले सानो मुख लगाएर भनिन् भाई मलाई एच आई भी (एड्स) लागेको छ रे ।























- यो कथा काल्पिनिक हो, कसैको जीवनीसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।
- कथा लेख्नुस् भन्ने मेरो आदरनिय पाठक ज्यूमा समर्पण ।

0 comments

Post a Comment