संसार छाउछु म

जति टाढा हुन खोज्छौ, उति नजिक आउछु म,
अति गाढा मायाँ हाल्दै, हाम्रो संसार छाउछु म ।

मुख छोपि नाता तोडि, एक्लै जीउन गाह्रो पर्छ,
तिमी साथ छैनौ भने, आँसु भेलको धारो झर्छ ।
जूनी जूनी बाँचि दिने, चोखो पिरती लाउछु म,
अति गाढा मायाँ हाल्दै, हाम्रो संसार छाउछु म ।

मेरो छेउ तिमी बस्दा, सधै मुस्कान रास बन्छ,
खुशी मात्र फूलि बस्ने, सानो सुन्दर बास हुन्छ ।
तिम्रो हात थाम्न पाँउ, साँचो पिरती गाउछु म,
अति गाढा मायाँ हाल्दै, हाम्रो संसार छाउछु म ॥

रचनाकाल : १२ जनवरी २०११
दोहा कतार ।