तीन गेडीहरु
१)
बसेको छु पर्खेर, तिमी गयौ तर्केर,
बिम्तिगर्छु पियारी, आउफेरि फर्केर ।
गोडेर,
तोड्नु हुन्न, मुटू जोडेर ।
२)
खाने मुख जुँगाले, छेक्दैन रे सुनेको,
जानीजानी फस्दैन, किन जाल बुनेको ।
झुक्दैन,
लुकाएर, सत्य लुक्दैन ।
३)
कुरौटेको कुरामा, चोखो मायाँ मर्दैन,
आँधीहुरी आएनि, साँचो मायाँ सर्दैन ।
पोखिन्न,
तराजुमा, मायाँ जोखिन्न ।
February 6, 2011 at 9:33 PM
dammi 6