गजल

आशै आशको भूमरीमा, चारैतिर झूक्यो जीवन,
सोझो मनमा घातलागि, चारैतिर दुख्यो जीवन ।

कुन बाटोले कहाँ लान्छ, कठिनछ थाहा पाउन,
थाहा नपाई सहि बाटो, चारैतिर चुक्यो जीवन ।

बर्षा यामको बर्षातमा, सुख्खा बन्दै जल्दा रहर,
भयो सकस खुशी पाल्न, चारैतिर सुक्यो जीवन ।

लाग्छ बेकार जिन्दगीनै, हारैमात्र लाग्दा हातमा,
कति मुस्किल लेक जान, चारैतिर लुक्यो जीवन ।

छैन बशमा आफ्नै मन, कसरी यो जुनी बिताउ,
तोड्यो बन्धन कर्तव्यको, चारैतिर फुक्यो जीवन ।

रचनाकाल : २४ जनवरी २०११
दोहा कतार ।


3 comments

नि:शब्द मन पराएँ भानु जी । हार्दिक बधाई यति सुन्दर गजलका लागि ।

नि:शब्द मन पराएँ भानु जी ।

नि:शब्द
March 18, 2011 at 3:35 AM

कुन बाटोले कहाँ लान्छ, कठिनछ थाहा पाउन,
थाहा नपाई सहि बाटो, चारैतिर चुक्यो जीवन ।

Post a Comment