मर्न परे मर्छु
तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु,
तिम्रो ओठमा खुशी भर्न, मर्न परे मर्छु ।
भक्कानिदै दुख्छ मुटू, आँखा छोपी रुँदा,
मनै शितल हुन्छ मेरो, तिमी खुशी हुँदा ।
जीतैजीतको खोजीगर्न, लेक बेशी गर्छु,
देउतासँग बल मागि, खुशी त्यतै भर्छु ।
तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु,
तिम्रो ओठमा खुशी भर्न, मर्न परे मर्छु ।
भित्रि मनले भन्छ सधै, हाँस्नुपर्छ तिमी,
मेरो भागको आयुपनि, बाँच्नुपर्छ तिमी ।
बेचैनीलाई पारीतार्न, कयौ खोला तर्छु,
तिम्रै हितमा पर्छ भने, सयौ पाप गर्छु ।
तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु,
तिम्रो ओठमा खुशी भर्न, मर्न परे मर्छु ॥
रचनाकाल : २० जनवरी २०११
दोहा कतार ।
0 comments