गाँउदा गीत जाती
जान्न पाप नासिएर, लाउदा तिते पाती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।
पर्दा राखि दुनियाँमा, छैन नि मर्दा लाने,
कहाँ पुग्छ शिखरमा, पापको बाटो जाने ।
पर्दा हाल्दै जीवनमा, जीउदा हुन्छ खती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।
जान्न पाप नासिएर, लाउदा तिते पाती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।
ख्याल गर्नु पर्छ हाम्ले, धरतीमाथि चर्दा,
सधै जीत हुन्न यहाँ, पापको खेती गर्दा ।
नर्क बास हुन्छ अरे, साउदा पापी मती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।
जान्न पाप नासिएर, लाउदा तिते पाती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ॥
रचनाकाल : ११ जनवरी २०११
दोहा कतार ।
0 comments