तीन गेडीहरु

१)
गर्छु भन्ने युवानै, पराईको माटोमा,
अभावले नाच्योरे, खुशी डुल्ने बाटोमा ।
छोड है,
लोभि मन, आजै तोड है ।
२)
नाचौला'नि मारुनी, मादलुको तालमा,
पक्कै फर्कि आउछु, यहि नयाँ सालमा ।
आँखैमा,
लुकामारी ,खेल्थ्यौ पाखैमा ।
३)
खुशी किन्न सकिन्न, पराईको ठाँउमा,
पसिनाले भिजाए, सुन फल्छ गाँउमा ।
साँचो छ,
माटो बारे, सोच्न खाँचो छ ।

0 comments

Post a Comment