चल्छु गीत बनि

तिम्रो दिलको फूलबारिमा, फूल्छु प्रित बनि,
तिम्रो दिलको ढुकढुकीमा, चल्छु गीत बनि ।

तिम्रै खातिर जीवनभरि, लाखौ खुशी रोप्छु,
कोहि आउदा तुफानसरि, हत्केलाले छोप्छु ।
तिम्रो रुपको सुन्दरतामा, खिल्छु हित बनि,
तिम्रो दिलको ढुकढुकीमा, चल्छु गीत बनि ।

सधै ओठमा मुस्कानभर्न, दिलोज्यान दिन्छु,
तिम्रै जीवन सफलपार्न, जून्कै खुशी किन्छु ।
लक्ष्य एउटै तिम्रै साथमा, बल्छु जीत बनि,
तिम्रो दिलको ढुकढुकीमा, चल्छु गीत बनि ॥

रचनाकाल : १० जनवरी २०११
दोहा कतार ।

0 comments

Post a Comment