तीन गेडीहरु
१)
हाम्रो मुटू एउटै, यस्तै लाग्थ्यो मलाई,
बन्यो मुटू दुईटा, सयौ पीडा फलाई ।
जस्तो भो,
मेरो मायाँ, किन सस्तो भो ।
२)
देख्दिन भो सपना, लक्ष्य बिना जीउला,
प्यास मेट्न पानीको, यहि आँसु पिउला ।
पाँसो भो,
यहि आँसु, उस्को नासो भो ।
३)
बिक्दो रै'छ मायाँनै, आशगर्नु भूल हो,
खुशी छर्ने मायाँनै, मुटू खाने शूल हो ।
त्यसैले,
मायाँ गर्नु, हुन्न कसैले ।
0 comments