आए कालो रातहरु

मैले ला'को पिरतीमा, किन फल्यो घातहरु,
रम्न खोज्छु जूनेलीमा, आए कालो रातहरु ।

चोखो थियो मेरो मायाँ, कुरा काट्ने धेरैभए,
रोई रोई छुट्नु हुन्न, भन्नेले नै छाडि गए ।
मैले ला'को पिरतीमा, किन चल्यो बातहरु,
रम्न खोज्छु जूनेलीमा, आए कालो रातहरु ।

साथ दिन्छु भन्ने मुटु, नाता तोडि टाढाभए,
हिजो सम्झि रुनु पर्ने, नियती चै साथी रहे ।
मैले ला'को पिरतीमा, किन छुट्यो हातहरु,
रम्न खोज्छु जूनेलीमा, आए कालो रातहरु ॥

रचनाकाल : ०३ जनवरी २०११
दोहा कतार ।

0 comments

Post a Comment