गजल
रोदी घरमा नाचौ भन्यौ, कुम जोडी नाचेको थे,
मेरै साथमा हाँसौ भन्यौ, दिल खोली हाँसेको थे ।
भन्थे मलाई आफन्तले, निको चाला छैन तिम्रो,
उल्टै हप्काई भाग भन्दै, कुरौटे मन् भाँचेको थे ।
कति आउथे साथ माग्न, हुन्न भन्दै टारी दिन्थे,
कम होलाकि मायाँभनि, आफ्नै मन जाँचेको थे ।
किन अचेल मायाँ छाँस्यौ, आशाहरु मर्न थाल्यो,
तिम्रै साथमा रम्छु भन्दै, कति खुशी साँचेको थे ॥
रचनाकाल : १८ कार्तिक २०६७
दोहा, कतार ।

0 comments