गजल

प्रभू तिम्रो शरणमा, एउटा भक्त परेकोछ,
मुक्तिमार्ग भेटाउने, विश्वास धेरै गरेकोछ ।

शैतानले राज गर्‍यो, त्यसैले मन बहकिए,
फूलजस्तो जीवनमा, निरासमात्र भरेकोछ ।

आफैमात्र मुस्कुराई, जीउछु भन्ने सपनाले,
पाप गर्न उस्काउदा, पाईला नर्क झरेकोछ ।

पाप कर्म गर्नबाट, मलाई अब बचाउनुस्,
पापै पाप कमाउदा, बैशालु आश मरेकोछ ।

मैले अति गरे भन्दै, चिन्तन गरे एकान्तमा,
आजै देखि मन्को डेरा, प्रभूकै घर सरेकोछ ॥

रचनाकाल : २८ अक्टोबर २०१०
दोहा कतार ।


0 comments

Post a Comment