तीन गेडीहरु

१)
मुटूभरि देश छ, भेष भाषा आँखैमा,
फूले होला अचेल, सुनाखरी पाखैमा ।
लोलायो,
फर्कि जान्छु, उस्ले बोलायो ।
२)
हीरा काट्यो हीरैले, मन काट्यो पीरैले,
जाउ भन्यो घरैले, आउ भन्यो भीरैले ।
भर्नुछ,
धरतीमा, धेरै गर्नुछ ।
३)
तिमी रुदाँ रोए'थे, पापी मन धोए'थे,
छैन भन्दा विश्वास, तामोपनि छोए'थे ।
रुझेन,
तिम्रो चित्त, अझै बुझेन ।

0 comments

Post a Comment