गजल
नसुक्नुहै मेचीकाली, सुख शान्ति तार्न आउछु,
नपग्लिनु हिम चुली, साँध सीमा बार्न आउछु ।
हेपे चेपे साँगुरो भो, साँध सीमा हाम्रो देशको,
इन्चीइन्ची नापलिई, हाम्रो भूमी खार्न आउछु ।
मतिभ्रष्ट दाजु भाई, लड्दै बसे भाग बन्डामा,
भाईभाई शत्रु देख्ने, पापी आँखा झार्न आउछु ।
झिटीझाम्टो बाँधेरनै, फिर्छु अब आफ्नै देशमा,
जहाँ जन्मे त्यहि भूमी, स्वर्गजस्तै पार्न आउछु ॥
रचनाकाल : ११ डिसेम्बर २०१०
दोहा कतार ।
0 comments