गजल
जल्दै गरुन् जल्नेहरु, हामी मायाँ गर्दै गरौ,
दुनियाँको खुशी सबै, हाम्रै पोल्टा भर्दै गरौ ।
आरिसेले जाल बुन्ला, हाम्रो साथ छुटाउन,
आरिसेको आँखा छल्दै, एकै ठाँउ चर्दै गरौ ।
शंका पाल्नु हुन्न अरे, मुटू मुटू जोडे पछि,
विश्वासले मन बाँधी, सारा शंका हर्दै गरौ ।
दुबै मिली धायौ भने, पिरतीकै जीत होला,
आउ नानु मिलीजुली, मीठो प्रित छर्दै गरौ ॥
रचनाकाल : ०६ डिसेम्बर २०१०
दोहा कतार ।
0 comments