गजल
चैते घामले धेरै पोल्यो, तिम्रो बाटो हेरी बस्दा,
कहाँ मनले खुशी पाल्छ, चोट्हरुले घेरी बस्दा ।
मायाँ फेसन होईन है, मौका छदा सत्य बुझ्नु,
नत्र तिमीले दुख्नुपर्छ, चाखो मायाँ फेरी बस्दा ।
घाम पानीले सताए'नि, बहकिन्न साँचो मायाँ,
तिम्रै मन पो बहकियो, सयौ शँका बेरी बस्दा ।
दुई दिनको जिन्दगीमा, मेरै भाग्य खोटो रै'छ,
आफ्नै रहर विरानो भो, तिम्रै कुरा टेरी बस्दा ॥
रचनाकाल : १७ कार्तिक २०६७
दोहा कतार ।

0 comments