झूल्न थाले
यति धेरै मायाँ दियौ, खुशीहरु फूल्न थाले,
लुटिएका खुशीसारा, आज फेरि झूल्न थाले ।
खुशी फेरि मिल्छ भनि, आशाहरु मारेको'थे,
मायाँ दुख्दा पीडा बनि, आफैसँग हारेको'थे ।
तिम्ले भन्यौ हार्नु हुन्न, जीतैजीत डुल्न थाले,
लुटिएका खुशीसारा, आज फेरि झूल्न थाले ।
यति धेरै मायाँ दियौ, खुशीहरु फूल्न थाले,
लुटिएका खुशीसारा, आज फेरि झूल्न थाले ।
तिमी भेटे जिन्दगीमा, दुख्ने घाउ निको भए,
मेरोपनि भाग्यखुल्यो, लुकि हिड्ने दिन गए ।
प्रितबनि तिमी आयौ, जोशहरु खुल्न थाले,
लुटिएका खुशीसारा, आज फेरि झूल्न थाले ।
यति धेरै मायाँ दियौ, खुशीहरु फूल्न थाले,
लुटिएका खुशीसारा, आज फेरि झूल्न थाले ॥
रचनाकाल : ०७ दिसेम्वर २०१०
दोहा कतार ।
0 comments