गजल

जालि उन्को मनसँग, प्रीत गाँस्नु भूल भयो,
प्राण भन्दा प्यारो प्रीत, मुटू खाने शूल भयो ।

विश्वासका सीमारेखा, भत्किएर जान थाले,
न्यानो लाग्ने साथपनि, खडेरीको फूल भयो ।

एकान्तमा सोची बसे, परेलीले पानी झार्छ,
मायालुको वाचाहरु, च्यातिएको झूल भयो ।

धोका दिनु थियो भने, यति धेरै मायाँ किन,
त्यही मायाँ फेरी आज, बेदनाको मूल भयो ।

कानेखुशी गर्छन् मान्छे, यता उता देखे भने,
कस्तो भाग्य मेरै मायाँ, घृणा तर्ने पूल भयो ॥

रचनाकाल : ३१ अक्टोबर २०१०

0 comments

Post a Comment