गजल

जिन्दगीलाई भेट्छु भनि, यति टाढा आए मैले,
जीउन खोज्दा सहयात्री, गति छाडा पाँए मैले ।

खुशी घरमा थुनी राख्न, सके सम्म श्रम गरे,
आशै आशको खेती गर्न, यो जीवन दाँए मैले ।

कति धाउथे मान्छेहरु, शंका भर्न यो आँखामा,
मनले शंका गाउ भन्दा, विश्वासनै गाए मैले ।

लाग्यो ग्रहण खुशीमाथि, निर्मोहीले घात गर्दा,
मेरै मनले निहुँ खोज्छ, ब्यर्थै मायाँ लाए मैले ।

अभागीलाई दाईजो नै, किन पीडा दिन्छौ प्रभू,
त्यही पीडाले आज फेरि, नाङ्गो घर छाँए मैले ॥

रचनाकाल : २१ कार्तिक २०६७
दोहा कतार ।


0 comments

Post a Comment