गजल

भड्किन खोज्ने मनलाई, समयमै बार्नु पर्छ,
फाईदा सब्को हुन्छ भने, मरुभुमी खार्नु पर्छ ।

जीउदो लाश बन्नु हुन्न, जन्मेपछि धरतीमा,
जीवित बन्न यहि भूमी, हरियाली पार्नु पर्छ ।

पाउनु अनि गुमाउनु, रीत्हो भन्छन् धरतीको,
जीतको बाजी भूलेरनि, पाठ सिक्न हार्नु पर्छ ।

कहिले काहि यो आँखाले, पापगर्न उस्काउदा,
गलत गर्न पाप ठानी, पापी आँखा सार्नु पर्छ ।

लाभकै लागि लोभ गर्ने, मान्छेबाटै पाप हुन्छ,
लोभले मन गाल्यो भने, लोभपनि झार्नु पर्छ ।

फूलको आँखा हुने सारा, मरेपनि सधै बाँच्छ,
मानव बनि बाँच्ने भए, पापी मन मार्नु पर्छ ॥

रचनाकाल : ०९ नोभेम्बर २०१०
दोहा कतार ।

0 comments

Post a Comment