गजल
यस्तै मायाँ दिन्छौ भने, खडेरीमै फूलि दिन्छु,
नासो पा'को दुःख पीडा, अधेरीनै भूलि दिन्छु ।
सधै न्यानो मायाँ पाए, भाग्छ आफै पीडाहरु,
टाढा राख्दै दुख्ने मुटू, खुशीसँगै झूली दिन्छु ।
जीतै जीत हात लाग्छ, भन्छन् सबै मनमिले,
हामी हिड्ने गोरेटोमा, जीतमात्रै हुली दिन्छु ।
तिम्रै साथ खुशी हुन्छु, यस्तै लाग्छ मलाई त,
सारथी नै तिमी बन्दा, हिमालझै खुली दिन्छु ॥
रचनाकाल : १४ नोभेम्बर २०१०
दोहा कतार ।
0 comments