गजल

यहि दिलमा बास माग्दा, बस्ने ठाँउ खारेकै हो,
तिमी चोटमा दुखि बस्दा, मैले आँसु झारेकै हो ।

चोखो विश्वास गरेकोथे, जाली मैले तिमीलाई,
तिमी गलत छैनौ भन्दै, खुशी त्यतै सारेकै हो ।

किन कसम खायौ तिम्ले, तोड्नैपर्ने थियो भने,
तिम्रो खराव देख्ने आँखा, चिरा फारा पारेकै हो ।

मेरो ठाँउमा तिमी बस, प्रश्न गर आफ्नै मन्मा,
तिम्रो मनले पक्का भन्छ, तिमी जित्न हारेकै हो ।

कुन कुराको कमि देख्यौ, बार् यौ तिम्रो मनलाई,
तिम्रै खातिर जिन्दगीमा, आफ्नै खुशी मारेकै हो ॥

रचनाकाल : ०१ नोभेम्बर २०१०
दोहा कतार ।


0 comments

Post a Comment