भन्ने कोही छैन

औला भाँच्दै दिन गन्दै, पर्खिबस्ने कोही छैन,
दुखी हुन्छु यहि सोच्दै, मेरो भन्ने कोही छैन ।

जोडी देख्दा पराईको, मेरो त्यसै मुटू खान्छ,
खोटीकर्म अभागीको, मन्मा सधै पैह्रो जान्छ ।
चखेवाझै जोडी बनि, उडौ भन्ने कोही छैन,
दुखी हुन्छु यहि सोच्दै, मेरो भन्ने कोही छैन ।

एक्लै हुदाँ यो यात्रामा, गोरेटोनै फेरो बन्छ,
मेरै मन्ले निहुँ खोज्दै, कोही छैन तेरो भन्छ ।
सुखदुःख बाँडी चुडी, बाँचौ भन्ने कोही छैन,
दुखी हुन्छु यहि सोच्दै, मेरो भन्ने कोही छैन ॥

रचनाकाल : ११ नोभेम्वर २०१०
दोहा कतार ।

0 comments

Post a Comment