गजल

झिलीमिली गाँउ शहर, खुशी चुम्ने दाउमा,
आयो होला दशै तिहार, म जन्मेको गाँउमा ।

खुशी पार्न किसानलाई, झूल्दै होला धानले,
फर्के होला साइत जुर्ने, आफ्नै गाँउ ठाँउमा ।

बा-आमाले आउनु भन्थे, यो दशैंमा मलाई,
उनीपनि पर्खाई बोकि, आ'थिन् मेरै नाँउमा ।

बे-खबर छन् आफन्त, यहाँ कस्तो हाल छ,
श्रम बेच्छ यहि ज्यानले, धेरै सस्तो भाउमा ।

खुशी भए मन कतिको, बस्ति टेक्न पाँउदा,
आफू चाही पर-देशमा, आँसु झार्दै पाउमा ॥

रचनाकाल : ०५ नोभेम्बर २०१०
दोहा कतार ।


 

0 comments

Post a Comment