गजल

कमाउने लोभ गर्दा, परे म त झेलमा,
भागिदार हुँ मपनि, मान्छे बेच्ने खेलमा ।

दलालको बखानले, छोयो धर्ती आकाश,
आफै पैसा खर्चगरी, आफै फसे जेलमा ।

घामपनि शत्रु भयो, खान्छु भन्छ पकाई,
सधै ज्यान सेकाउछु, यहि तातो तेलमा ।

सुतीसुती टिप्छु भनि, आ'को थिए पर्देश,
तर खुशी पर्‍यो आज, साउनको भेलमा ।

के जवाफ लेखु भनि, सोच्दै हुन्छु हैरान,
संगिनीको कौतुहल, बोकी आ'छ मेलमा ॥

रचनाकाल : ०८ नोभेम्बर २०१०
दोहा कतार ।


0 comments

Post a Comment