एघार सिङ्गे हाईकु
१
मेरो खुशीमा,
तिम्रो मन दुख्छ रे
यो कस्तो मायाँ ।
२
बुद्ध ताक्नेले,
भोली देशनै ताक्ला
अब त ब्यूँझ ।
३
के छ र त्यस्तो,
त्यस्कैलागि झगडा
मिलेर बस ।
४
बाचा भुल्दैछौ,
लाटो छैन जनता
पालो आउछ ।
५
संविधान त,
नपाक्ने जस्तो देखे
अंश मिले पो ।
६
नाक हरायो,
भन्दैछन् नेताहरु
कसैले भेट्यौ ?
७
आरिसे खेती,
फल्दैन धरतीमा
मिथ्या कोशिष ।
८
गोधुली साँझ,
मिलनको खुशीमा
विन्दास मन ।
९
रेगिस्थानमा,
हराभरा यो मन
तिम्रो मायाँले ।
१०
थाकेको बेला,
तिमीले उस्काउनु
शिखर चढ्छु ।
११
आशै आशमा,
बित्ने होकि जीवन
शंकाले खान्छ ।
0 comments