गजल

तिम्रो लागि सधै खुला, मेरो दिलमा चरि बस,
आँखा भरि चोखो मायाँ, मेरै खातिर भरि बस ।

न्यानो साथ भयो भने, यहि धरती स्वर्ग बन्छ,
सधै न्यानो साथदिन्छु, धेरै विश्वास छरी बस ।

गाँउ घर छाड्ने बेला, मनै चंचल हुने होला,
मन्ले युद्ध गर्न खोज्दा, आफू अलग सरि बस ।

बेरगर्नु हुन्न भन्छन्, शुभ साईत आुको बेला,
गाँउ पुग्दा ढिलो होला, रावा जंघार तरि बस ।

भोलि भाले डाकसँगै, गाँउ छोडेर भाग्नु पर्छ,
झोली तुम्लो कसेरनै, आजै गतिर झरी बस ।

यति धेरै मायाँ गर्छु, बाँकि दुनिया भूल्छौ अब,
'भानु' जन्म्यो मेरैलागि, भन्ने भरमा परि बस ॥

रचनाकाल : २६ अक्टोबर २०१०
दोहा कतार ।

0 comments

Post a Comment