तीन गेडीहरु
१
आयोरे नि तिहार, झिलीमिली सहर,
यो सालनि थाँती भो, पर्देशीको रहर ।
जस्तै छ,
अभागीको, कर्म यस्तै छ ।
२
तिहारैमा दिदीले, मखमली नउन्नु,
आउदैन यो भाई, सपनानि नबुन्नु ।
मनैले,
टाढा पार् यो, पापी धनैले ।
३
गलै रित्तो हुने भो, मखमली नसुके,
अर्को साल आउला, सयपत्री नलुके ।
गाएर,
सेल खान्छु, माला लाएर ।
0 comments