एघार सिङ्गे हाईकु


मन उडेर,
तिम्रो दिलमा बस्यो
सम्हाली राख्नु ।

दुरी बढायौ,
सपना हो कि लाग्छ
मायाँ हुनाले ।

स्वार्थमा फूल्दा,
भोलिलाई नसोच्नु
तिम्रो मूर्खता ।

नेपाली मन,
प्रवासको बसाई
फूटेको भाग्य ।

दशैंको टिका,
तस्विरले थाप्यो रे
अभागी कर्म ।

तिहार आयो,
परदेशमा भाई
नरुनु दिदी ।

खाली दिलमा,
तिमीलाई बसाए
डेरा नसर ।

परेली भिज्यो,
कसरी थाम्नु मन
अंश मिलेन ।

मलाई दुख्दा,
तिमी हाँसेर बस्यौ
बेचियो मायाँ ।
१०
लामो छ यात्रा,
छोटो भयो जीवन
कसरी नाप्नु ।
११
बचन दियौ,
आशाहरु मौलाए
घात नगर्नु ।

0 comments

Post a Comment