गजल
कुम जोडेर लेक बेशी, गाँउ शहर धाउला,
घुम ओढेर मेला पात, रोदी घरमा जाउला ।
जले जलुन खाँचैसिती, हामी एकभै जीउदा,
जल्ने समाज भन्दापर, हाम्रो संसार छाउला ।
भोलि आउने दिनहरु, जति कठिन होस् तर,
खुशी मनले दुःख सुख, भाग लगाई खाउला ।
मेरो भर छ तिमीलाई, तिम्रो भर म पाउदा,
एक अर्कामा हराउदै, चोखो पिरती लाउला ।
चैत्र मासमा खडेरीले, खाला जीतको सपना,
मायाँ बचाई राख्नलाई, गीतै हितको गाउला ।
मुना मदन बनौ हामी, स्वार्थ फलेको युगमा,
बाँकि संसार आशछैन, तिम्रै साथमा आउला ॥
रचनाकाल : २१ अक्टोबर २०१०
दोहा कतार ।
0 comments