तीन गेडीहरु


भिजेको छ नयन, दुखेको छ जीवन,
चिन्न भूल गरेछु, निष्ठुरीको त्यो मन ।
फस्याछु,
भित्र भित्रै, जलि बस्याछु ।

घमण्डको बाढीमा, तिम्ले मन बगायौ,
बेदाग थ्यो जीवन, तिम्ले दाग लगायौ ।
मर्ने भो,
अब सधै, रुनु पर्ने भो ।

खुशी किन्न सकिन, आशाहरु फाटेर,
डाँडै काटिन् निष्ठुरी, मेरो नाकै काटेर ।
झुकेर,
लेक बेशी, गर्छु लुकेर ।

0 comments

Post a Comment