गेडी

१)
बुद्धको यो देशमा, बास सरे दानव,
जित्छु भन्ने होडमा, पापीभए मानव ।
गाडेर,
जाउ बुद्ध, देशै छाडेर ।
२)
स्वर्ग भन्दा सुन्दर, हराभरा देशमा,
पशुहरु जन्मेछन्, मानवको भेषमा ।
भुटेर,
भुडी भर्छ, अरु लुटेर ।
३)
सधै याद आउछ, बौद्ध गुम्बा घुमेको,
छुट्ने बेला गेटमा, मेरो गाला चुमेको ।
थुनेर,
मेरो मायाँ, राख बुनेर ।
४)
भन्छ मेरो मनले, तिमी पाए जीउछु,
तिम्रो साथ नपाए, मर्न बिष पीउछु ।
गर्नेछु,
म त तिम्रै, भर पर्नेछु ।

0 comments

Post a Comment