कस्ले काँडा रोप्यो

जूनको खुशी चोरु भन्थे, कस्ले आँखा छोप्यो,
यो मन डुल्ने गोरेटोमा, कस्ले काँडा रोप्यो ।

रहर सारा आफै भित्र, बन्दी भए आज,
मलाई छाडी मेरै खुशी, टाढा भए आज ।
मौलाउन खोज्दा मैले, कस्ले विष पोख्यो
यो मन डुल्ने गोरेटोमा, कस्ले काँडा रोप्यो ।

छाडी जाने निष्ठुरीलाई, सम्झि मन दाए,
विना घाउनै दुख्नु पर्ने, कस्तो रोग पाँए ।
यो मन रुदा भागेपनि, कस्ले बाटो रोक्यो,
यो मन डुल्ने गोरेटोमा, कस्ले काँडा रोप्यो ॥

रचनाकाल : ०८ अक्टोवर २०१०
दोहा कतार ।

0 comments

Post a Comment