गजल

हिँउदका हिमाल सरि, खुल्न पाए हुन्थ्यो,
ढुक्कसँग हरेक बस्ति, डुल्न पाए हुन्थ्यो ।

बराबरी ममता फूल्ने, शान्त मन पारी,
एकताको शुत्रधार भै, फुल्न पाए हुन्थ्यो ।

हिंसा रोप्ने हातहरुमा, बुद्ध वाणी राख्दै,
धरतीमा अमन शान्ति, हुल्न पाए हुन्थ्यो ।

मीत बनि मानवताको, पापी बस्ति ढाल्दै,
बसाएर स्वर्णिम बस्ति, झूल्न पाए हुन्थ्यो ॥


रचनाकाल : १९ भदौ २०६७
दोहा कतार ।

0 comments

Post a Comment