बाबा आमाले जन्माए,
हुर्काए हिड्न सिकाए !
मलाई मान्छे बनाए
आफ्नो दायित्व निभाए
अब पालो मेरो
म छोरा बन्न सकिन
तर बाबा आमाको लागि
केही गर्न सकिन ।
म जन्मेको माटोले मलाई,
बास दियो !
त्यही माटोले मलाई
गाँस कपास दियो
त्यही माटोले भोलि
समाधी स्थल दिनेछ
तर मैले माटोको लागि
केही गर्न सकिन ।
मेरो समाजले मलाई,
मान्छे भन्यो !
मान सम्मान गर्यो
अैचो पैचो चलायो
समाजले धेरै गुण लगायो
म चाहि कस्तो निकम्मा
तर मैले समाजको लागि
केही गर्न सकिन ।
मेरो देशले मलाई,
मेरो नागरिक भन्यो !
स्वतन्त्रता दियो
जति दिनु पर्ने
सबै कुरा दियो
लिन मात्र जान्ने
म कस्तो निकम्मा
तर मैले देशको लागि
केहि दिन सकिन ।
अलमल मै बित्यो जीवन,
मैले बाबा आमाको लागि
माटोको लागि
समाज र देशको लागि
गर्नु पर्ने दिनु पर्ने,
केही गरेन केही दिएन
दुःखको कुरा
मर्दाको मलामी
मैले कमाउन सकिन ॥
रचनाकाल : २६ जुलाई २०१०
दोहा कतार ।
मैले सकिन
0 comments