गजल
धरतीमा जित्न तिमीले, मैले हार्नु पर्ने भयो,
लत्याउदै साझे सपना, खुशी बार्नु पर्ने भयो ।
उहिले त मेरै साथमा, खुशी फुले तिम्रोपनि,
अचेल म बन्दा बन्जर, नाता मार्नु पर्ने भयो ।
तिमीलाई उपदेशनै, घाँडो लाग्न थाले पछि,
घमण्डले मन फुलायौ, डेरा सार्नु पर्ने भयो ।
बगे पनि एकै साथमा, बेग्लै धार खोज्नेभए,
बग्नलाई दुई धारमा, दिलै तार्नु पर्ने भयो ।
सजिलैछ भन्नलाई पो, एक्लै हुदाँ दुखेकोछु,
सधैभरि तिम्रै यादमा, आँसु झार्नु पर्ने भयो ॥
रचनाकाल : ०२ अशोज २०६७
दोहा कतार ।

0 comments