गजल

मेरोलागि आफ्नै सपना, आज धेरै भार भयो,
जित्छु भन्थे पुरा दुनियाँ, फेरि मेरै हार भयो ।

निराशाको कालो बादल, मडारिन्छ मनै भरि,
धैर्यताको टुट्यो बाँधनै, आँखा सीमसार भयो ।

गल्ति गरे कुन मोडमा, लेखा जोखा छैन कतै,
जीवनको आशै आशमा, सयौ धुम्ति पार भयो ।

खुशीदेखे उस्को साथमा, सधैभरि बाँचु लाग्यो
यथार्थमा उस्कै साथ पो, खुकुरीको धार भयो ।

छैनन् क्यारे ईश्वर पनि, भए देख्थे मेरो दशा,
भानु माथि कसम प्रभु !, ठूलै अत्याचार भयो ॥

रचनाकाल : ०१ अशोज २०६७
दोहा कतार ।

0 comments

Post a Comment