आफू जीउन अरुलाई

दुई दिनको पाहुना हौ, हामी धर्ती माथी,
आफू जीउन अरुलाई, लुट्नु हुन्न साथी ।

उस्को पनि रहर होला, फूल बनि फूल्ने,
धित् मारेर गाँउ शहर, वन पाखा डुल्ने ।
तल माथि गर्नु पापहो, भर्दा माना पाथी,
आफू जीउन अरुलाई, लुट्नु हुन्न साथी ।

तिम्ले टेक्ने धरतीलाई, उस्ले टेक्नु हुन्छ,
सधै भरि हाँस्ने सपना, उस्ले देख्नु हुन्छ ।
सबै मिलि जीउनुपर्छ, यो धर्तीमा साथी,
आफू जीउन अरुलाई, लुट्नु हुन्न साथी ॥

रचनाकाल २९ सेप्टेम्वर २०१०
दोहा कतार ।

0 comments

Post a Comment