गजल
थोरै आज पिँउ त भनि, भट्टितिर पसि दिए,
भट्टि वाल्नी साहुनीसँग, दाँजिएर बसि दिए ।
सुरा माथि सुन्दरी थियो, पग्लिएर धेरै पिए,
धेरै पिए नशा चढ्यो, उनीसितै फसि दिए ।
निहँु गरि धाउने थाले, भट्टितिरै डेरा सर् यो,
ज्ञानेन्द्रिय बशमा नभै, पशुत्वमा खसि दिए ।
छुटाउन कठिन हुने, लागे लत यो नशाको,
मेरै मति गलत ठाने, अनि मन कसि दिए ॥
रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।

0 comments