गजल
बिपतीमा निर्मोहीलाई, फुल बसे,
स्वार्थ पुरा भएको पल, शूलभै बसे ।
जिन्दगीको हर हिसाब, मिलेन मेरो,
धरतीमा पाइला राख्नु, भूलभै बसे ।
पि्रयपात्र बन्ने होडमा, सपना झुले,
बस्ति भरि तिरस्कारको, हुलभै बसे ।
भमराको नजर पर् यो, रहरले फूल्दा,
फूलेपनि आज फाटेको, झूलभै बसे ॥
रचनाकाल : १३ भदौ २०६७
दोहा कतार ।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments