गजल

कहाँ पाईन्छ सधै भरि, सर्मथनका ताली पनि,
कहिलेकाही थाप्नु पर्छ, उपहासका गाली पनि ।

घाम र पानी बरावरी, सहनुपर्छ जिन्दगानीमा,
हुन्न सपना सधै झुसी, रहनु पर्छ खाली पनि ।

मानवहरु स्वार्थी भए, जीउनु भन्छ आफैमात्र,
डराउदैन खोस्न किन, अरुले खाने थाली पनि ।

यस्तो भ्रममा नपर्नु नि, मौलाउनेछु अरु लुट्दै,
पापले कहाँ मोटाउछ, खिउनु पर्छ फाली पनि ।

मानवहरु आँखा खोलौ, जीउनु पर्छ गुणी बनि,
कोही हुदैन अजम्वरी, जानुछ मरि जाली पनि ।

रचनाकाल : २० भदौ २०६७
दोहा कतार ।

0 comments

Post a Comment