सम्वन्ध टुटेर

सपना जलेर खरानी भयो,
सम्वन्ध टुटेर विरानी भयो ।

मलाई अल्झाई ढाटेर गयौ,
मायाँको दशीनै च्यातेर गयौ ।
सम्झनाहरु त छाडेर गयौ,
खुशी चाहि किन लुटेर गयौ ।

वेदनाको मूल सिरानी भयो,
सम्वन्ध टुटेर विरानी भयो ।

सपना कुम्याई भागेर गयौ,
मायाँको बन्धन नाधेर गयौ ।
पराईको साथ लागेर गयौ,
मलाई त एक्लै पारेर गयौ ।

सपना जलेर खरानी भयो,
सम्वन्ध टुटेर विरानी भयो ॥


रचनाकाल ८ सेप्टेम्वर २०१०
दोहा कतार ।

0 comments

Post a Comment