गजल
जीत सित लगाई मित, बाँच्न पाए हुन्थ्यो,
सुन जाँच्ने कसिले मन, जाँच्न पाए हुन्थ्यो ।
मनपर्ने मान्छेको साथ, सयौ धुम्ती नाप्दै,
बाह्रै मास खोलेर दिल, हाँस्न पाए हुन्थ्यो ।
सधै खान्छ शंकाले मन, आफै भित्र जल्छु,
शंका पाल्ने खराब मुटू, मास्न पाए हुन्थ्यो ।
नयनले कहिले काही, स्वार्थ पाल्न खोज्छन्,
देख्ने आँखा गलत बाटो, छाँस्न पाए हुन्थ्यो ।
भौतारीन्छु जीवन खोज्न, उस्कै नाम जप्दै,
उनी सँगै साईनो गाढा, गाँस्न पाए हुन्थ्यो ॥
रचनाकाल : १६ भदौ २०६७
दोहा कतार ।

0 comments